हलिउड अभिनेत्री एलिजाबेथ हर्लीलाई किस गर्नका लागि एक व्यक्तिले ५ हजार पाउण्ड खर्च गरेका छन् ।
यी महाशय जुलियन भारती । एल्टन जन च्यारिटी अक्शनमा भारतीले ५० हजार पाउण्ड अर्थात करिब १ करोड ५७ लाख नेपाली रुपैयाँमा एक किस खरिद गरेका हुन् ।
फिमेल फस्ट डट को डट युकेका अनुसार यो रकम जान एड्स फाउण्डेशनमा जानेछ । बुधबार राति यो किस लिलामी भएको हो । भारतीले किस पाइसकेका छन् । बर्कशरमा भएको एक विशेष पार्टीमा भारतीले हर्लीलाई कम्मरमा हात राखेर उनको ओठमा किस गरेका थिए ।
खबरअनुसार हर्ली आजकल वाइल्ड लाइफ फोटोग्राफर डेभिड यारोसँगको डेटमा छिन् । उनी भारतीय अरुण नायरकी श्रीमती बनिसकेकी छिन् । शेन वार्नसँग पनि उनको सम्बन्ध थियो ।